काठमाण्डौं, २५ कार्तिक
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन्। यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ।
मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो।
पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो। यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ। मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ। सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो।