Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

सर्लाहीको ब्रम्हपुरी ७ का वडा अध्यक्ष यादव विरुद्ध जवरजस्ती करणि उद्योग गरेकोे आरोप

सर्लाहीको ब्रम्हपुरी ७ का वडा अध्यक्ष यादव विरुद्ध जवरजस्ती करणि उद्योग गरेकोे आरोप

images

एसपि गौरव

१४, भाद्र २०७८
सर्लाहीको ब्रम्हपुरी ७ का वडा अध्यक्ष यादव विरुद्ध जवरजस्ती करणि उद्योग गरेकोे आरोप
images

सर्लाही, १४ भदौ । 
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ७ का वडा अध्यक्ष श्याम सुन्दर यादवले स्थानिय एक महिलामाथि  जवरजस्ती करणि उद्योग गरेकोे आरोप लागेको छ । ब्रम्हपुरी गाउँपालिका ७ नोकैल्वाकी ३० वर्षिया एक  महिलालाई वडा अध्यक्ष यादवले जवरजस्ती करणि उद्योगको आरोप लागेको हो ।

यही भदौ ५ गते राती करिब २ बजेको समयमा आफ्नो घरमा कोही नभएको मौका छोपी वडा अध्यक्ष यादवले ती महिलाको घरभित्र प्रवेश गरि आफुमाथी जवरजस्ती करणि उद्योग गरेको आरोप पीडित महिलाले लगाएकी छन् । पिडक वडाअध्यक्ष यादवल र ती महिलाको घर नजिकै रहेको छ । वडा अध्यक्ष यादवले यसअघि पनि आफुमाथी पटक पटक जवरजस्ती करणि उद्योगको प्रयास गरेको पिडित महिलाले बताएकी छन् ।

भदौ ५ गते पनि वडाअध्यक्ष यादव घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा जथाभावी रुपमा शरिरका विभिन्न सम्वेदनशिल अंगहरुमा हातपात गरि जवरजस्ती करणि उद्योग प्रयास गरेको पिडित महिलाको आरोप छ । हल्ला गरेर छिमेकीलाई बोलाइ निज पिडकको चंगुलबाट आफु उम्कीएको उनले बताएकि छन् ।

वडाअध्यक्ष यादव घटना भएको दिन देखि नै  सम्पर्क विहिन रहेको स्थानियले बताएका छन् । आइतवार दिउँसो  पीडित महिलाले स्थानियको सहायतामा  पिडक वडाअध्यक्ष यादवलका विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक कृष्ण गिरीले जाानकारी दिनु भयो ।

पीडितले दिएको सोही निवेदनको आधारमा पिडक वडाअध्यक्ष यादवललाई पक्राउ गर्न माताहतको प्रहरी युनिटलाई निर्देशन दिई सकेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो । उहाँका अनुसार प्रहरी दुईपटक उहाँलाई खोज्न गाउँमा गएको भएपनि वडा अध्यक्ष यादव घरमा नभेटिएका हुन ।

यता, राजनीतिक निहुँ र गाउँमै भएको  पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले जवरजस्ती करणि उद्योग गरेको आरोप लगाई फसाएर बदनाम गर्न खोजेको वडा अध्यक्ष यादवका भाई जस्विन्द्र यादवले आरोप लगाएका छन् ।   पीडित महिलाका २ छोराछोरी रहेका छन् भने श्रीमान वैदेशिक रोजगारीको सिल्सीलामा विगत २ वर्ष देखि 

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - २१:३८:२२ बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology