Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीका लायन्स क्लवहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, १ सय ७ जनाले गरे रक्तदान

आँबुखैरेनीका लायन्स क्लवहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, १ सय ७ जनाले गरे रक्तदान

इच्छाकामना न्युज

१२, भाद्र २०७८
आँबुखैरेनीका लायन्स क्लवहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, १ सय ७ जनाले गरे रक्तदान
images

आँबुखैरेनी, १२ भदौ । तनहुँको आँबुखैरेनीमा रहेका लायन्स क्लवहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आँबुखैरेनीमा रहेका ४ वटा लायन्स क्लवहरुको संयुक्त आयोजनामा आज आँबुखैरेनी बजारमा कार्यक्रम सम्पन्न भएको हो।

images
images

raktadan.png

लायन्स क्लव अफ आँबुखैरेनी, लायन्स क्लव अफ आँबुखैरेनी सिटि, लायन्स क्लव अफ आँबुखैरेनी अकला र लायन्स क्लव अफ आँबुखैरेनी स्टारको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेको लायन्स क्लव अफ आँबुखैरेनी सिटिका अध्यक्ष ऋषि के.सी.ले जानकारी दिए। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरिएको उनले बताए।

240381485_232774835431782_4947004205363202114_n.jpg

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पोखरा, लियो क्लव अफ आँबुखैरेनी र लियो क्लव अफ आँबुखैरेनी सिटिले सहयोगी भूमिका निर्वाह गरेका थिए।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - २१:३१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology