Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामाजिक अभियन्ता रेखा तामाङद्वारा जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग प्रदान

सामाजिक अभियन्ता रेखा तामाङद्वारा जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग प्रदान

इच्छाकामना न्युज

२३, कार्तिक २०७७
सामाजिक अभियन्ता रेखा तामाङद्वारा जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग प्रदान
images

गोरखा, २३ कार्तिक । सामाजिक अभियन्ताको रुपमा परिचित रेखा लोप्चन तामाङले जन्मदिनको अवसरमा स्थानीय एक विद्यालयमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग गरेकी छिन्। उनले आज परेको आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि गोरखा नगरपालिका ११ स्थित तेह्र किलो बजारमा रहेको चन्द्रज्योती आधारभुत विद्यालयमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग प्रदान गरेकी हुन्।124275128_419736135712535_2104881856173193751_n.jpg 

images
images

सामाजिक सञ्जाल फेसबुक मार्फत आह्वान गरि उनले देश विदेशमा रहेका दाताहरुबाट रकम संकलन गरि उक्त विद्यालयमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग गरेकी हुन्। उनले विभिन्न दाताहरु मार्फत संकलित ७८ हजार १ रुपैयाँ रकम विद्यालयलाई सहयोग गरेकी हुन्। उनको अभियानलाई नबिन सुनारले दुवईबाट २० हजार, दुर्गा लामिछाने गुरुङले पोखराबाट १० हजार एक, नाम उल्लेख गर्न नचाहने अर्का एक ब्यक्तिबाट १० हजार, इन्द्र लिम्बु, रमेश भण्डारी, जितेन्द्र श्रेष्ठ, गोपाल श्रेष्ठ, बसन्ती तामाङ, रोशन गुरुङ, सञ्जित मोक्तान, रामबहादुर कुँवरले ५/५ हजार सहयोग गरेको अभियन्ता रेखा लोप्चन तामाङले बताईन।

123802899_766619067529098_9210323581707770499_n.jpg
‘मैले बिगतमा पनि बिभिन्न सामाजिक कामहरु गर्दै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । म निरन्तर सामाजिक काममा लागिरहेको छु । आज मैले सामाजिक सञ्जालबाट चलाएको एक अभियानबाट जुटेका रकम विद्यालयमा अक्षयकोष स्थापना गर्ने गरी हस्तान्तरण गरेको हुँ’ उनले भनिन् ‘अक्षयकोषबाट आएको ब्याजले विद्यालयले त्यहाँ पढ्ने असाहाय विद्यार्थीको शैक्षिक स्तरवृद्धीमा खर्च गर्नेछ ।’

सोही कार्यक्रमको बीच उनले गोरखा नगरपालिका ११ कि ८० वर्षिय एकल महिला मनकुमारी परियारलाई नगद १० हजार एक रुपैयाँ प्रदान गरेकी थिईन् ।  ‘आज मेरो जन्म दिन, यदी मैले साथीभाईहरुलाई पार्टी दिएर, रमाईलो गरेर जन्म दिन मनाएको भए आठरदस हजार रुपैँया यत्तिकै सकिन्थ्यो । त्यसरी जन्म दिन मनाउनुु भन्दा लकडाउनका कारण आर्थिक समस्यामा परेर जीवनयापन गर्न गाहे भएकी मनकुुमारी दिदिलाई सहयोग दिँएँ । यसले उहाँको जीवनयापन गर्न सहज हुन्छ ।’

124000175_398208318210599_821966162705762913_n.jpg
आफ्नो जन्म दिनमा पार्टी गरेर फजुल खर्च गर्नुु साँटो सामाजिक सेवा गर्नका लागि उनले सबैलाई सुुझाब दिईन् ।
कार्यक्रममा वडा अध्यक्ष रामबहादुर खड्का, विद्यालयका प्रधानाध्यापक प्रीतशा अधिकारी, स्थानीय कृष्ण प्रसाद लामिछाने, नेकपा जिल्ला सदस्य उदयनन्द सिम्खडा, बिमला श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २०:३४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology