आँबुखैरेनी, ४ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका ५ सय ७४ जना नागरिकलाई एस्ट्राजेनेकाको खोप लगाईएको छ। गाउँपालिकाको ४ वटा खोप केन्द्र मार्फत आज उनीहरुलाई खोप लगाईएको हो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार स्वास्थ्य चौकी आँबुखैरेनी, आधारभुत स्वास्थ्य केन्द्र सत्रसय, तिलबारी र भाँगेबाट स्थानीय नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाईएको थियो।