Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देशभर थप ३ हजार ४०३ मा कोरोना संक्रमण पुष्टि,  ४२ संक्रमितको ज्यान गयो 

देशभर थप ३ हजार ४०३ मा कोरोना संक्रमण पुष्टि,  ४२ संक्रमितको ज्यान गयो 

इच्छाकामना न्युज

२, भाद्र २०७८
देशभर थप ३ हजार ४०३ मा कोरोना संक्रमण पुष्टि,  ४२ संक्रमितको ज्यान गयो 
images

काठमाण्डौं, २ भाद्र
देशभर थप ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४२ जनाको मृत्यु भएको छ ।

images
images

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८३९ आरटी पिसिआर र ४ हजार ९९९ एन्टिजेन गरी कुल १६ हजार ८३८ जनामा परीक्षण गरिएकोमा ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १७ हजार पाँच सय ३० पुगेको छ । 

मन्त्रालयका अनुसार बुधबार देशभरबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ । निको हुने दर ९३.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १७:२२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology