Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोनाले थलिएको फिल्म निर्माण गतिशिल बन्दै 

कोरोनाले थलिएको फिल्म निर्माण गतिशिल बन्दै 

इच्छाकामना न्युज

३०, श्रावण २०७८
कोरोनाले थलिएको फिल्म निर्माण गतिशिल बन्दै 
images

तनहुँ, ३० साउन । कोभिड १९ बाट उत्पन्न परिस्थितिले सुस्ताएको फिल्म निर्माण कार्य गतिशिल बन्दै जान थालेको छ । तनहुँको भिमाद नगरपालिकाको भिमाद जन्म घर भई हाल अमेरिकामा बस्दै आएका ब्यास बिस्सुले फिल्मको सुटिङ निर्माण कार्यलाई तिब्र रुपमा अघि बढाएका छन् । “लाइभ इन एलए’’ नामक चलचित्रको छायाङ्कन कार्य अघि बढेपछि  कोरोनाको बढ्दो सङ्क्रमणले गर्दा सरकारले गरेको बन्दाबन्दीले चलचित्रकर्मी बेरोजगार भएका कलाकारहरुले राहत महशुस गरेका छन् । कोरोनाको त्रासको कायम रहेकोले लगानी गर्न डराईरहेको बेला जोखिम मोलेर बिस्सुले सुटिङ गराई रहेका छन् ।

images
images

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर गरिएको लामो बन्दाबन्दीले र चलचित्र हल खुल्ने अवस्था नभएसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका छन् । कोरोनासँग सधैं डराएर बस्ने हो भने चलचित्रकर्मी काम विहीन र आम्दानीसमेत नहुँदा कला क्षेत्र खस्किने भएकाले जोगाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न जोखिम मोलेर लगानी गरेको बिस्सुले बताए ।  स्वास्थ्यका मापदण्ड पालना गरी छायाङ्कन भईरहेको उनले बताए ।  

सरकाले लकडाउन खुकुलो बनाएसँगै लामो–छोटो दूरीको सार्वजनिक यातायात, होटल–कलकारखाना सहित प्रायः सबै व्यवसाय बौरिँदै गरेपनि सिने क्षेत्र भने ठप्प रहेको बेला चलायमान बनाउने प्रयास बिस्सुले गर्दा खुसी लागेको कलाकारहरुले बताएका छन् । चलचित्र क्षेत्रसँगै सरकारले पर्यटन, यातायात, हवाई तथा पर्यटकीय यातायात, वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको छ ।  

ब्यास इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस चलचित्रको निर्मातामा बिस्सुका अतिरिक्त राजेन्द्र ठकुरी, कार्यकारी निर्मातामा संसार सुवेदी छन् । कलाकारहरुमा ब्यास बिस्सु, अकेला विष्ट, जेरेड विलप्स, सिल्पा मास्के, गौरव पहारी, वुद्धि तामाङ, लोकेन्द्र लेखक, प्रकाश घिमिरे, सञ्चारकर्मी विष्णु गौतम, श्याम भुजेल, जयन्द्र चिलवाल लगयातले अभिनय गर्नु भएको छ । चलचित्रको नेपाल र अमेरिका दुवै स्थानमा छायाङ्कन भईरहेको छ । चलचित्रको निर्देशकमा सुर्यनारायण श्रेष्ठ, एसोसियट निर्देशक दीपक ओली  रहेका छन् । छायाङ्कन बाबु श्रेष्ठ र क्रिस वारेनले गरेका छन् । कोरियोग्राफी कविराज गहतराजको रहेको छ भने सङ्गीत आशिष कार्कीले दिएका  छन् भने प्रोडक्सन व्यवस्थापनमा प्रदीप आचार्यले काम गरेका छन्  ।  

विदेशमा रहेका नेपालीले विपद्को समयमा जन्मभूमीलाई सम्झिएर अप्ठयारो परेको नागरिकलाई मद्धत गर्नुपर्छ तथा विदेशमा नेपालीहरु माथिल्लो स्तरको काममा समेत अब्बल छन् भन्ने सन्देश प्रवाह गर्न चलचित्र गर्न खोजिएको कलाकार बिस्सुले बताए । नायिका शिल्पाले कला क्षेत्रलाई सहज रुपमा काम गर्नु पर्ने वातावरण सरकारले गर्नु गर्नुपर्ने बताए । विषम परिस्थितीमा समेत जोखिम मोलेर काम गर्ने कमै पाइन्छन् चलचित्र निर्माण गर्ने शाहस गर्नु भएकोमा खुसी लागेको छ’’ नायिका शिल्पाले भनिन्  । चलचित्र हाल तनहुँका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - ०९:३९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology