Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

रासस

२१, कार्तिक २०७७
विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
images

काठमाण्डौं, २१ कार्तिक
विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अहिलेलाई कार्यान्वयन नगरि यथास्थितिमा राख्न सर्वोच्च अदालतले आज उत्प्रेषणको आदेश दिएको छ ।
यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ । यस अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशको टुङ्गो नलागेसम्म यो प्रारुप कार्यान्वयन नगर्न आदेश दिएको हो । 
यस प्रारुप कार्यान्वयन नगराउन भागवता अर्यालसमेतले पाठ्यक्रम विकास केन्द्र समेतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो । नेपालको संविधान अनुसार विद्यालय तहको शिक्षा पालिकाको एकल अधिकारको कार्यक्षेत्र भएको रिट निवेदनमा जिकिर गरिएको थियो । मुद्दाको सुनुवाइका लागि यही कात्तिक २६ गते पेशी तोकिएको छ । 
निवेदनकका तर्फबाट अधिवक्ताहरु लीलामणि पौडेल र माधवकुमार बस्नेतले बहस गर्नुभएको थियो । सरकारले संविधान र सङ्घीयता तथा समृद्धिको मर्मअनुसार त्यस प्रारुप ल्याएको थियो । निजी विद्यालय सञ्चालकले तयारी नपुगेकाले पुरानै पाठ्यक्रम लागू गर्न माग गर्दै आएका थिए ।

images
images

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - ०७:४४:२२ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology