Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आज ढाका जाँदै

बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आज ढाका जाँदै

images

इच्छाकामना न्युज

२०, कार्तिक २०७७
बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आज ढाका जाँदै
images

काठमाण्डौ, २० कार्तिक । बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो नेपाली टोलीलाई विदाई गरेको हो। 
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले खेलाडीलाई विदाई गर्नुभएको हो । २५ खेलाडी र ७ पदाधिकारीसहितको नेपाली टिम आज बिहीबार ढाका प्रस्थान गर्ने छन्। प्रशिक्षणमा बोलाईएका खेलाडीमध्ये ७ जना कोरोना सङ्क्रमण देखिएपछि बंगलादेश जाने छैनन्। 
यस्तै रोहित चन्दले चोटका कारण बंगलादेश भ्रमण गुमाउने छन्। नेपालले कार्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ। मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो। 
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०९:०१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology