Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवलपुरको बुलिङटारमा सुख्खा पहिरोमा पुरिएर ५ मजदुरको मृत्यु 

नवलपुरको बुलिङटारमा सुख्खा पहिरोमा पुरिएर ५ मजदुरको मृत्यु 

सिआईएन

२०, कार्तिक २०७७
नवलपुरको बुलिङटारमा सुख्खा पहिरोमा पुरिएर ५ मजदुरको मृत्यु 
images

नवलपुर, २० कार्तिक । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदुरहरूको पहिरोमा पुरिएर मृत्यु भएको हो।
सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला हिजो साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरू पुरिएका थिए। प्रहरीका अनुसार मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर, ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेका छन्। मृत्यु हुनेहरू सबै  बुलिङटार–४ का बासिन्दा रहेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीका बहादुर गोदारले सीआईएनसँग बताउनुभयो। 
उहाँका अनुसार दुई जनाको जीवितै उद्धार गरिएपनि अन्य पाँचजनालाई भने बचाउन सकिएन। पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए। पहिरोमा पुरिएर घाइते भएका २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंहको चितवनको भरतपुरमा उपचार भइरहेको छ।

images
images

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०८:५५:१६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology