Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई 

होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई 

इच्छाकामना न्युज

२०, कार्तिक २०७७
होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई 
images

काठमाण्डौ, २० कार्तिक । सरकारले होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलि काउन्सेलिङ अर्थात् टेलिफोन मार्फत परामर्श दिनुपर्ने निर्णय गरेको हो। 
ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो। मन्त्रालयको तथ्याङ्क अनुसार हाल ३० हजारभन्दा बढी कोरोना सङ्क्रमित होम आइसोलेसन अर्थात् घरमै छन्। होम आइसोेलेसनको अनुमति दिँदा स्थानीय तहका स्वास्थ्यकर्मीहरूले निगरानी गर्ने निर्णय भएको थियो। 
तर यो कार्यान्वयन हुन नसकेपछि अब प्रयोगशालाको जिम्मामा छाडिएको हो। सरकारले नेपाल प्रहरी अस्पताललाई ३ सय वेडको कोभिड अस्थायी अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।  

images
images

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०८:५४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology