Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बाइडन विजय नजिक पुग्यो

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बाइडन विजय नजिक पुग्यो

एजेन्सी

२०, कार्तिक २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बाइडन विजय नजिक पुग्यो
images

अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तरगत अहिले मतगणना भइरहेको छ । ५ सय ३८ इलेक्टोरल कलेजको मत रहेकामा अहिलेसम्म जो बाइडनले २ सय ६४ र डोनाल्ड ट्रम्पले २ सय १४ मत प्राप्त गरेका छन् । राष्ट्रपतीय निर्वाचनमा २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।

images
images

नेभादामा बाइडन अग्रस्थानमा छन् । ६ इलेक्टोरल मत रहेको नेभदामा बाइडनको मत ४९.३ प्रतिशत रहेको छ भने ट्रम्पको मत ४८.७ प्रतिशत रहेको छ । यहाँ बाइडनले जितेमा राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० मत पुग्नेछ ।

त्यसैगरी जर्जियामा पनि बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । ९७ प्रतिशत मत गणना भैसकेको यो राज्यमा ट्रम्पको पक्षमा ४९.९ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.९ प्रतिशत मत परेको छ ।

त्यस्तै नर्थ क्यारोलिनामा पनि ट्रम्प अग्रस्थानमा छन । ९४ प्रतिशत मत गणना भएको यो राज्यमा ट्रम्पको पक्षमा ५०.१ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.७ प्रतिशत मत आएको छ ।

त्यसैगरी पेन्सिलभेनियामा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रस्थानमा देखिएका छन । यो समाचार तयार पार्दासम्म ८९ प्रतिशत मत गणना भैसकेको यहाँ ट्रम्पको पक्षमा ५१.१ प्रतिशत र बाइडनको पक्षमा ४७.७ प्रतिशत मत खसेको फक्स न्युजले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०८:२४:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology