Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा तमु (गुरुङ) भाषा कक्षा संचालनको लागि अक्षय कोष स्थापना 

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा तमु (गुरुङ) भाषा कक्षा संचालनको लागि अक्षय कोष स्थापना 

अक्षय कोष संचालनका तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले दियो ३ लाख आर्थिक सहयोग

इच्छाकामना न्युज

१६, श्रावण २०७८
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा तमु (गुरुङ) भाषा कक्षा संचालनको लागि अक्षय कोष स्थापना 
images

काठमाण्डौ, १६ साउन । तमू (गुरुङ) हरुको साझा एवं छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको छ।  पुस्तान्तरसँगै भाषा लोप हुदै गएको भन्दै देशभर रहेका तमू (गुरुङ) समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ को स्थापना गरेको हो।

images
images

कोष स्थापनाको लागि मुख्य दाताको रुपमा तमू (गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदीको अध्ययन अनुसन्धान गर्न र सोको संरक्षण, सम्वद्र्धन र विकाश गर्ने उद्देश्यले २०१८ सालमा कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

उक्त रकम आज जुम मार्फत एक कार्यक्रमको आयोजना गरि कोषका मुख्यदाता तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रिय अध्यक्ष रेशम गुरुङले जानकारी दिए। 

अध्यक्ष गुरुङका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरि प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँहरुमा आवश्यकता अनुसार तमू (गुरुङ) मातृभाषा कक्षा संचालन गरिनेछ। 

यसैबिच अक्षयकोष संचालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् र तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरिया बिच एक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ। हस्ताक्षर पत्रमा परिषद्का अध्यक्ष रेशम गुरुङ र तमू धीं ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिस गुरुङले हस्ताक्षर गरेका छन्। 

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - २१:१९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology