Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना सिलिङ रहेको स्वास्थ्य चौकीलाई ५ रोपनी जग्गा उपलब्ध

मनकामना सिलिङ रहेको स्वास्थ्य चौकीलाई ५ रोपनी जग्गा उपलब्ध

इच्छाकामना न्युज

१८, कार्तिक २०७७
मनकामना सिलिङ रहेको स्वास्थ्य चौकीलाई ५ रोपनी जग्गा उपलब्ध
images

मनकामना, १८ कार्तिक
गोरखाको शहिदलखन गाउँपालिका ३ मनकामनामा सिलिङ बन्न लागेको स्वास्थ्य चौकीको लागि चार जना स्थायिनले ५ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् ।  ४ जना स्थानियले स्वास्थ्य चौकीको लागि ५ रोपनी जमिन निशुल्क उपलब्ध गराएको गाउँपालिकाले जनाएको हो।  

images
images

गाउँपालिकाको ३ नम्बर वडामा पर्ने सिलिङ (लामाछाप)मा रहेको स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानिय मैया श्रेष्ठ, दिर्घमान श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ र तिलमान श्रेष्ठले ५ रोपनी जमिन निशुल्क रुपमा उपलब्ध गराएका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन आलेले जानकारी दिनुभयो। कच्ची सडकले छोएको उत्त जमिनको अहिलेको मुल्य २५ लाख भन्दा माथि रहेको स्थानिय कृण्णमान श्रेष्ठले बताउनुभयो। पुनःनिर्माण प्राधिकरण मार्फत निर्माण हुन लागेको स्वास्थ्य चौकीका लागि बजेट बिनियोजन भई सकेको गाउँपालिकाले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १८:२९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology