Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाका विनय अधिकारीद्वारा एनआरएनए, आइसिसी सचिवमा उम्मेदवारी दिने घोषणा

इच्छाकामनाका विनय अधिकारीद्वारा एनआरएनए, आइसिसी सचिवमा उम्मेदवारी दिने घोषणा

इच्छाकामना न्युज

१०, श्रावण २०७८
इच्छाकामनाका विनय अधिकारीद्वारा एनआरएनए, आइसिसी सचिवमा उम्मेदवारी दिने घोषणा
images

चितवन, १० साउन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार जन्मिएर बेलायतमा कर्मथलो बनाएका गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले आगामी कार्यकालको लागि अक्टोवरमा हुन लागिरहेको चुनावमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

images
images

अघिल्लो निर्वाचनमा समेत आइसिसी सचिवको प्रतीस्पर्धी रहनु भएको अधिकारीले गैर आवासीय नेपालीहरुको प्रमुख मुद्धा गैर आवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी भएको बताउनु भयो । संविधानमा उल्लेख हुँदा पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन बन्न नसक्नु र कार्यान्वयनमा आउँन नसक्नु चिन्ताको विषय भएको बताउँदै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन गराउन आफू लागिपर्ने बताउनु भयो ।

त्यस्तै, अधिकारीले युवा तथा दोस्रो पुस्तालाई एनआरएनमा सहभागि गराउन, महिलाहरुका मुद्धाहरुलाई सशक्त रुपमा उठाउन, महिला सहभागिता बढाउन, गोखार्जहरुको मागलाई सशक्त ढंगले उठाउन, विदेशमा नेपालको पर्यटन प्रबद्र्धन गर्न, विदेशमा रहेका नेपालीबाट नेपालमा लगानी भित्र्याउन, संघलाई साझा तथा पारदर्शी बनाउन, एनआरएनमा सदस्य संख्यामा बृद्धि गर्न, नेपाली भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्न, स्मार्ट एनआरएन निर्माणमा सहयोग गर्न जस्ता विभिन्न एजेन्डा रहेको बताउनु भयो ।

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ११:४३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology