पछिल्लो समय निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकमा पहिरो जाने र घण्टौ जाम हुने गर्छ । जसका कारण सो सडक भएर यात्रा गर्ने हजारौले दुःख पाउने गरेको छ ।
तर यहि पहिरोको पिडालाई भने चर्चित लोकदोहोरी गायक विष्णु खत्रीले गीत बनाईदिएका छन् । आउदै गरेको हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिजलाई लक्षित गर्दै गायक खत्रीले मुग्लिन–नारायणगढ सडकखण्डको पहिरोमा पर्नेहरुको पिडालाई समेटेर ‘मुग्लिन...’ शीर्षकमा तीजगीत बनाएका हुन् । उनको ‘मुग्लिन...’ तीजगीतको म्युजिक भिडियो आज बिहान युट्युबमा सार्वजनिक भएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोलामा पहिरो गएको स्थान र मुग्लिनको आसपासका क्षेत्रहरु समेटेर बनाईएको म्युजिक भिडियो होम गुरुङको निर्देशनमा उत्कृष्ट बनेको छ। गायक खत्रीकै शब्द र संगीत स्वर रहेको गीतमा महिला स्वरमा रीना के.सी.ले गायका छन् संगीत एरेन्ज तारानाथ आचार्यले गरेका छन्।
भिडियोमा ओबि रायामाझि र सारिका के.सी.ले अभिनय गरेका छन्।
गीतको भिडियोः