Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकामा आज एकैदिन १० जना कोरोना संक्रमित थपिए

आँबुखैरेनी गाउँपालिकामा आज एकैदिन १० जना कोरोना संक्रमित थपिए

इच्छाकामना न्युज

१६, कार्तिक २०७७
आँबुखैरेनी गाउँपालिकामा आज एकैदिन १० जना कोरोना संक्रमित थपिए
images

आँबुखैरेनी, १६ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एकैदिन १० जना कोरोना संक्रमित थपिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले नियमित अपडेट मार्फत आज दिनभर दिएको विवरण अनुसार आँबुखैरेनी गाउँपालिकामा एकैदिन १० जना कोरोना संक्रमित थपिएको हो। 
निर्देशनालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज भरतपुरमा पिसिआर परिक्षण गरिएका वडा नं. ४ का ८० वर्षीय पुरुष कोरोना संक्रमण देखिएको छ भने क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परिक्षण गरिएका ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गरिएका आँबुखैरेनी १ का २८ वर्षीया महिला र २८ वर्षिय पुरुष, आँबुखैरेनी ३ का २५ र ३७ वर्षिय पुरुष, आँबुखैरेनी ४ का २६ वर्षीया महिलाका साथै आँबुखैरेनी ६ का ३२ वर्षिय पुरुष रहेको छ। 
संक्रमितहरु मध्य ५ जना प्रहरी हुन् भने बाँकी सबै स्थानीयहरु हुन्। यसैबिच संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेको आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। साथै प्रहरीहरुलाई भने गाउँपालिकाले सञ्चालन गरेको आईसोलेसनमा राखिने पनि उहाँले बताउनुभयो।
आँबुखैरेनी गाउँपालिकामा पछिल्लो समय थपिएको संक्रमित सहित जम्मा संक्रमित हुनेको संख्या ३८ पुगेको छ। यस्तै सक्रिय संक्रमितको संख्या १३ रहेको छ भने निको हुनेको संख्या २५ रहेको छ।

images
images

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १८:४८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology