Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

पुर्व पश्चीम लोकमार्ग अन्तर्गत सर्लाही खण्ड: अघि अघि टाल्दै, पछि पछि भत्कँदै

पुर्व पश्चीम लोकमार्ग अन्तर्गत सर्लाही खण्ड: अघि अघि टाल्दै, पछि पछि भत्कँदै

images

एसपि गौरव

२५, आषाढ २०७८
पुर्व पश्चीम लोकमार्ग अन्तर्गत सर्लाही खण्ड: अघि अघि टाल्दै, पछि पछि भत्कँदै
images

सर्लाही, २५ असार । 
पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाही खण्डको सडकको अवस्था नाजुक भएकोे छ । जिल्लाको बाँके देखि बागमती सम्मको करिब ३५ किलोमिटर क्षेत्रमा रहेको पुर्व पश्चीम लोकमार्गको अवस्था दिनप्रतिदिन नाजुक हुदै गएको हो ।

अति व्यावस्त सडमका सामान्य पानी पर्दापनि पानी जमेका खाल्डामा सवारी साधनको सञ्चालनले थप ठुला खाल्डा हुँदा सवारी दुर्घटना समेत बढ्ने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

सडक द्धिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाल्डा भएको ठाउँमा टाल्ने काम गरेको भएपनि अघि अघि सडक डिभिजन कार्यालय टाल्दै जाने र पछि पछि सडक भत्कीँदै जाने गरेका कारण ठुला ठुला खाल्डा हुँदा सवारी जाम हुनुको साथै सवारी दुर्घटना हुने गरेको  ट्राफिक प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालयले गुणस्तरहिन काम गरेका कारण र पुरानो सडकका साथै सवारीको चाप भएका कारण पनि सडक जताततै भत्किँदा सडकमा ठुल्ठुला खाल्डा भएका छन् । भने जिल्ला भएर वग्ने नदीहरुमा रहेका पुलहरुको अवस्था त्यतिकै नाजुक भएको छ । जिल्लाको बागमतीमा रहेको बागमती नदीको पुल,लखनदेही,फुलजोर तथा बाँके खोलाका पुलहरुको बीचबीचमा ठुल्ठुला खाल्डा पारेको छ ।

सडक डिभिजन कार्यालयले टाल्ने काम गरेको १५ दिन  वित्न नपाउँदै सडकको अवस्था झन नाजुक भएको छ । निषेधाज्ञा केही सहज हुँदा सवारी साधनको चाप छ भने सडकमा भएका खल्डाका कारण दुर्घटना हुँने डर त्यतिकै रहेको सवारी चालकहरुले गुनासो गरेका छन् । पानी परेको समयमा सडकका खाल्डा टाल्ने काम गरेका कारण पनि गुणस्तरहिन भएको जानकारहरुले बताउका छन् ।

यता, सडकमा परेका खाल्डा पुर्न  ठेक्का लागि सकेको र रिसिलिङ्गको काम गर्ने र त्यसका लागि यसियाली विकास बैकले काम गर्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरीले बताउनुभयो । उहाँका अनुसार प्रदेश २ को कमलानदीदेखि पत्थैया सम्म बस्ती नभएका स्थानमा चार लेन र बस्ती भएका स्थानमा ६ लेनको बाटो बनाउन ५ वर्षे योजनाका साथ ठेक्का लागि सकेको छ । ७० प्रतिशत यसियाली विकास बैकले र ३० प्रतिशत सडक वोर्डले लगानी गरेर ५ वर्षमा बाटो निर्माण हुने साथै पुलहरुको पनि मर्मत सम्भार गर्ने र पछि पुलहरु पनि पुर्न निर्माण गरिने उहाँले राससलाई बताउनु भयो ।

स्किल अर्डर पुल र पुरानो सडक भएका कारण पनि पुलमा अहिले मर्मत सम्भार नहुने साथै पानी रोकिएपछि मर्मत सम्भारको काम गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । यसियाली विकास बैकले  आगामी ५ वर्षमा कमलानदीदेखि पत्थैया सम्म बस्ती नभएका स्थानमा चार लेन र बस्ती भएका स्थानमा ६ लेनको बाटो बनाउने साथै पुरानो बाटोलाई तत्कालका लागि मर्मत गर्ने र पछि ४ लेन तथा ६ लेन तयार भएपछि सबै बाटोलाई पुरै  कालोपत्रे गर्ने भन्दै ठेक्का लागेको कार्यालयले जनाएको छ ।  सो सडकको मर्मत सम्भारका लागि इम्डुंग, ठोकर, इलाईट साह(जेभी)ले करिब रु १० करोडमा ठेक्का लिएको कार्यालय प्रमुख केशरीले जानकारी दिनु भयो ।

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - ११:११:३८ बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology