Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण 

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण 

इच्छाकामना न्युज

१३, आषाढ २०७८
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण 
images

काठमाण्डौ, १३ असार । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७जना गरी १९२० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

images
images

सङ्क्रमित मध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । सङ्क्रमणका कारण आज ३४ जनाको मृत्यु भएको छ ।  

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना सङ्क्रमणमुक्त भएका छन् भने ९ हजार ९ जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - १८:५९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology