विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण ३९ लाख १७ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण १८ करोड ८४ लाख ४ हजार मानिस सङ्क्रमित भएका छन् भने १६ करोड ५४ लाख ७८ हजार मानिस उपचार पछि निको भएका छन् ।
विश्वमा सबैभन्दा धेरै अमेरिकामा ३ करोड ४४ लाख ६४ हजार मानिस सङ्क्रमित भएका छन् भने ६ लाख १८ हजार मानिसको मृत्यु भएको छ । भारतमा ३ लाख ९३ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ , ३ करोड मानिसहरु सङक्रमित भएका छन् ।
ब्राजिलमा भने कोरोनाका कारण ५ लाख ९ हजार मानिसहरुको मृत्यु भएको छ । १ करोड ८२ लाख मानिसहरु सङ्क्रमित भएका छन् । फ्रान्समा १ लाख १० हजार मानिसहरुको मृत्यु हुँदा ५७ लाख ६४ हजार मानिसहरु सङ्क्रमित भएका छन् ।
रसियामा ५४ लाख मानिसहरु सङ्क्रमित हुँदा १ लाख ३२ हजारको मृत्यु भएको छ । बेलायतमा १ लाख २८ हजार मानिसको मृत्यु भएको छ भने इटलीमा १ लाख २७ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको छ ।