आँबुखैरेनी, १४ कार्तिक
तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
रोकिराखेको ना ५ प ८८९२ नम्वरको ट्रकमा डुम्रेतर्फ गईरहेको प्रदेश ३–०२–१३ प २१०६ नम्वरको मोटरसाइकल ठोक्कीन पुगेको तनहुँ प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ४ भाँगे बस्ने १९ बर्षीय अन्जन सुनार रहेको र उनको उपचारको क्रममा मृत्यु भएको हो।