Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको चेपाङ वस्तीमा सपना भिलेज सोसियल इम्ज्याक्टले गर्‍यो १२ लाख बराबरको राहत वितरण 

इच्छाकामनाको चेपाङ वस्तीमा सपना भिलेज सोसियल इम्ज्याक्टले गर्‍यो १२ लाख बराबरको राहत वितरण 

करिश्मा गुरुङ

२८, जेठ २०७८
इच्छाकामनाको चेपाङ वस्तीमा सपना भिलेज सोसियल इम्ज्याक्टले गर्‍यो १२ लाख बराबरको राहत वितरण 
images

इच्छाकामना, २८ जेठ । विश्व महामारीको रूपमा फैलिएको दोस्रो तहरको कोरोना भाइरस र चेपाङ वस्तीलाई मध्यनजर गर्दै आज सपना भिलेज सोसियल इम्ज्याक्टलले राहत वितरण गरेको  छ। सो राहत ईच्छाकामना गाउँपालिका वडा नम्बर १ मा १२ लाख बराबरको  वितरण गरिएको हो । 

images
images

जुन व्यक्तिहरू फ्याक्ट्रि कलकारखानाहरू बन्द रहेको खण्डमा पनि दिनरात नभनी आफ्फ्नो बिहान बेलुकीको छाक टार्नमा व्यथित भएर लागेका छन्  उनिहरूलाई नै केहि हदसम्म सहयोग पुगोस् भन्ने हेतुले राहत वितरण गरिएको सपना भिलेज सोसियल इम्ज्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनु भएको थियोे ।  

197282039_390965688906633_7712624691692121847_n.jpg

अहिलेको दोस्रो लहरको कोरोना भाइरस अलि फरक प्रकारको भएको ले डाक्टरहरूसँग सोधपुछ गर्दै अहिलेको यो विषम परिस्थितिमा आम नागरिकलाई सास फेर्न गाह्रो परेर मृत्युको मुखसम्म पुग्न नपरोस् भन्दै गासको भन्दा बढि सासको आवश्यक रहेको कुरालाई आत्मासात गर्दै अघि बढेको बताए ।  बाच्ने पहिलो आधार नै अक्सिजन भएको हुदाँ सुरूमा ५ वटा अक्सिजन सिलिन्डर समेत वितरण गरिएको अध्यक्ष गिरीले बताएका थिए । 

उहाँका अनुसार ईच्छाकामना गाउँपालिकासँग ३ वर्षको लागि सम्झौता गरेर  बिकास निर्माण,  त्यहाँको समृद्धिदेखि लिएर मानवीय चेतनामा वृद्धि गर्दै र सो पालिकाको नीति तथा कार्यक्रमलाई फ्लोअप गर्दै अगाडि बढेको जानकारी गराएका थिए । यो परियोजना यस संस्थाले सुरूमा सिद्विमा सुरू गरेर धेरै परिवर्तन ल्याएको खबर पाए पश्चात् दोस्रो पटक ईच्छाकामना गाउँपालिकामा सुरू गरिएको बताए । 

ईच्छाकामना गाउँ पालिका वडा नम्बर १ मा ठूलो संख्यामा चेपाङ वस्ती रहेकोले यस वडा र यहाँका नागरिकहरूलाई केही परिवर्तन गर्छु भनि दृढताका साथ अघि बढेर कोरोना महामारीको समयमा एउटा सानो कोसेलीको रूपमा राहत वितरण गरिएको गिरीको भनाइ थियोे । गिरीका अनुसार दृघकालीन रूपमा यहाँका आम व्यक्तिहरूलाई व्यवसायीक बनाउनको लागि यस संस्थाले व्यवसायी रूपमा लैजान धेरै भन्दा धेरै फलफुलको बिरूवा र बाख्रा पालन गर्न चाहनेहरूका लागि बाख्राको बोका समेत वितरण गर्दै आइरहेको बताए ।

201023348_312192000392073_8428847256778495690_n.jpg

जनताले हामीलाई बिश्वासीलो मतले जिताएर पठाएका हो र सोही मतको सदुपयोग गर्ने समय अहिले आएको बताउदैँ अहिले पहिलो जनताको सुरक्षामा अघि बढेको ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरूङले बताए । अध्यक्ष गुरूङले  सपना भिलेज सोसियल इम्ज्याक्टलाई यस्तो महामारीको समयमा यहाँ भन्दा अगाडि पनि स्वास्थ्य सामग्री वितरण गर्दै अइरहेको र यो समयमा गासको भन्दा पनि बढि सासको आवश्यकता भएको  अतुलनीय सहयोग गरेको बताउदैँ धन्यवाद प्रकट गरे ।  

गिठ्ठा, भ्याकुर ,कन्दमुल र तरूल जस्ता चिजहरू खाएर जीवन गुजारी रहेका चेपाङ जातिहरूलाई मध्यनजर गर्दै यस स्थानका व्यक्तिहरूलाई पनि केही परिवर्तन गर्न सकिन्छ कि भन्ने उद्वेश्यका साथ सपना भिलेजसँग समन्वय गरेर अघि  बढेको गुरूङले बताएका थिए । प्रति धुरी  २० किलो चामल, २ किलो दाल, २ लिटर तेल र २ किलो नुन गरि ७१० घरधुरीलाई राहत वितरण गरिएको हो । 

राहत वितरणले वडा नम्बर १ का वडावासिहरूलाई ठूलो सहयोग पुगेको र आगामि दिनहरूमा पनि सहयोग अपेक्षा रहेको ईच्छाकामना गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नन्दलाल गिरीले बताएका हुन् । 

सपना भिलेज सोसियल इम्ज्याक्टले चेपाङ जातिहरूलाई मध्यनजर गर्दै सो कार्यक्रम ल्याएकोमा सोही वडावासि दिलवहादुर चेपाङले खुसि व्यक्त गर्दै  यो संस्थाले हाम्रो लागि एउटा सरकारको जिम्मेवारी निर्वाह गरेको समेत बताए । सोही वडावासि रोजिनाराना मगरले माना खानेले पाँच मुठ्ठी खाएर जीवन गुजारिरहेको बेलामा राहत वितरण गर्न आउदा भगवान आए बराबर रहेको बताए ।

कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका कार्यपालिका सदस्य मानवहादुर प्रजा, टोल विकास संस्थाका अध्यक्षहरू लगाएत विभिन्न बुद्धिजीवी व्यक्तिहरूको उपस्थिति रहेको थियोे । भने कार्यक्रम सपना भिलेज सोसियल इम्ज्याक्टका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :जेठ २८, २०७८ शुक्रवार - २१:५५:४५ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology