Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अमेरिकी सर्वोच्च अदालतद्वारा अवैध रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई ग्रीकार्ड आवेदन दिन रोक लगाउन आदेश

अमेरिकी सर्वोच्च अदालतद्वारा अवैध रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई ग्रीकार्ड आवेदन दिन रोक लगाउन आदेश

एजेन्सी

२६, जेठ २०७८
अमेरिकी सर्वोच्च अदालतद्वारा अवैध रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई ग्रीकार्ड आवेदन दिन रोक लगाउन आदेश

अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्डको आवेदन दिनबाट रोक्न सरकारलाई निर्देशन दिएको छ ।

images

अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले सोमबार यस्तो निर्देशन दिएकी हुन् । यो निर्णयले अमेरिका अवैधरुपमा प्रवेश गरेर अहिले टीपीएस कार्यक्रममा बसिरहेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति पाउने आशामा बसेका मानिसहरु प्रभावित हुनेछन् ।

अमेरिका अवैधरुपमा प्रवेश गरेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति दिन नहुने आवाज यसअघि पनि उठ्दै आएको थियो । अहिले सर्वोच्च अदालतले उक्त आवाजको सम्बोधन गरे पनि यसको स्थायी समाधान भने अमेरिकी संसद्ले मात्र दिन सक्ने जानकारहरुले बताएका छन् ।

अल सल्भाडोरबाट अवैधरुपमा आएको एक दम्पत्तीको मुद्दाको छिनोफानोको क्रममा सर्वोच्च अदालतले यस्तो फैसना सुनाएको हो ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - ०९:३१:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology