Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको विभिन्न स्थानबाट दशैंको समयमा तास र कौडा खेल्ने २० जना पक्राउ

चितवनको विभिन्न स्थानबाट दशैंको समयमा तास र कौडा खेल्ने २० जना पक्राउ

रासस

१३, कार्तिक २०७७
चितवनको विभिन्न स्थानबाट दशैंको समयमा तास र कौडा खेल्ने २० जना पक्राउ
images

चितवन, १३ कार्तिक
दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ। चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । उनीहरुको साथबाट दुई लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको उहाँले बताउनुभयो । उहाँका अनुसार कात्तिक १ गतेदेखि आजसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images
images

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०८:१४:१६ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology