Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

 इन्डियन प्रिमियर लिगमा हैदरावादले दिल्लीलाई ८८ रनले हरायो

 इन्डियन प्रिमियर लिगमा हैदरावादले दिल्लीलाई ८८ रनले हरायो

इच्छाकामना न्युज

१२, कार्तिक २०७७
 इन्डियन प्रिमियर लिगमा हैदरावादले दिल्लीलाई ८८ रनले हरायो
images

काठमाण्डौं, १२ कार्तिक
 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ ।सनराइजर्स हैदरबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो स्थानमा झरेको हो 
मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो ।
दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए ।
हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच भए । डेभिड वार्नरले ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।
यो पाँचौ जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । दिल्लीको पाँचौ हार हो । दिल्लीले लगातार तीन खेलमा जित निकाल्न सकेन । दिल्ली अंक तालिकामा तेस्रो नम्बरमा छ भने हैदरावाद छटौं नम्बरमा छ ।

images
images

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - ०७:५४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology