Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा छुट्टा छुट्टै दुई सवारी दुर्घटनामा परि ५ जना घाइते

आँबुखैरेनीमा छुट्टा छुट्टै दुई सवारी दुर्घटनामा परि ५ जना घाइते

इच्छाकामना न्युज

११, कार्तिक २०७७
आँबुखैरेनीमा छुट्टा छुट्टै दुई सवारी दुर्घटनामा परि ५ जना घाइते
images

आँबुखैरेनी, ११ कार्तिक
तनहुँको आँबुखैरेनीमा छुट्टा छुट्टै दुई सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।
आँबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा मंगलबार दिउँसो २ बजे तिर आँबुखैरेनी बाट मुग्लीन तर्फ जाँदै गरेको प्रदेश न.३ ०१ ००२ ज ५९९१ नंम्बरको कार र मुग्लिनबाट आँबुखैरेनीतर्फ आईरहेको बा.५च ५२३० नंम्बरको कार ठोकिंदा चार जना घाइते भएका छन् ।
घाइतेहरु सबै सुर्खेत गौरीगंगा गाउँपालिकाका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, आँबुखैरेनी गाउँपालिका २ ढापटार स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१०प ५६२५ नंम्बरको मोटरसाईकलले ठक्कर दिंदा मागेर खाँदै आएका एक वृद्ध घाइते भएका छन्।
करिब ६० वर्षका पदमबहादुर राना घाइते भएकाले उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

images
images

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - १७:५५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology