काठमाण्डौ, १४ जेठ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक सय ९३ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्वार भएको छ ।
कोरोनाको दोस्रो लहरसँगै देशभर गरिएको आङ्शिक तथा पूर्ण निषेधाज्ञाको अवधिमा मात्रै ५ जनाको उद्दार भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७५ ७६ बाट सुरु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत पहिलो वर्ष २६ जनाको उद्दार गरिएको थियो ।
दोस्रो वर्ष आर्थिक बर्ष २०७६/७७ मा त्यो सङ्ख्या बढेर ८७ जना पुगेको थियो । चालु आर्थिक वर्ष २०७७/०७८ मा साउनदेखि हालसम्म ८० जनाको उद्दार भइसकेको मन्त्रालयले जनाएको छ ।