Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना कहरकै बिच इच्छाकामना गाउँपालिकाको ३ वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन बन्दै, माझगाउँमा आज शिलान्यास

कोरोना कहरकै बिच इच्छाकामना गाउँपालिकाको ३ वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन बन्दै, माझगाउँमा आज शिलान्यास

इच्छाकामना न्युज

१३, जेठ २०७८
कोरोना कहरकै बिच इच्छाकामना गाउँपालिकाको ३ वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन बन्दै, माझगाउँमा आज शिलान्यास
images

माझगाउँ, १३ जेठ । कोरोना महामारी कै चितवनको इच्छाकामना गाउँपालिकाका ३ वटा वडामा धमाधम आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भैरहेको छ। गाउँपालिकाले कोरोना कहरकै बिच पनि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएरै आधारभुत स्वास्थ्य केन्द्रहरुको भवन निर्माणको जारी राखेको हो। 

images
images

192799033_1540979266097736_8771727770354057381_n.jpg

गाउँपालिकाको वडा नं. २, वडा नं. ७ र वडा नं. ३ मा केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ। नेपाल सरकारको सशर्त अनुदान मार्फत १ करोड ४ लाख लागतमा गाउँपालिकाको ३ वटा वडामा ३ वटा भवन निर्माण सुरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो। शाखा प्रमुख सापकोटाका अनुसार वडा नं. २ को काउलेमा निर्माण भैरहेको भवनको डिपिसीको काम सकेको छ भने वडा नं. ७ स्याङ्दीमा निर्माण भएको भवनको ढलानको तयारी भैरहेको छ।

यस्तै वडा नं. ३ को माझगाउँमा निर्माण हुने भवनको आज शिलान्यास गरिएको छ। निर्माणधिन भवनको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ र वडाध्यक्ष गोवद्र्धन अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका छन्।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २१:०८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology