कुुरिनटार, १३ जेठ । चितवनमा अवैध नदी जन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई छाडेको छ । इच्छाकामना ७ स्थित भोटीेखोलामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टर र चालकलाई प्रती ट्याक्टर रु १०,००० (दश हजार) जरिवाना तिराई छाडिएको हो ।
गएराती १० : ३० बजेको समयमा १० ना ५ त ५२८६ नम्बरको चालक कालिका नगरपालिका २ का २१ बर्षिय सन्देश तामाङ , २० लु ४ त नम्बरको चालक कालिका नगरपालिका ३ बस्ने २० बर्षिय बिनोद तामाङ , ३० ना ५ त ८१९० नम्बरको चालक इच्छाकामना गाउँपालिका ७ का २१ बर्षिय खड्क सिह मोक्तान , ४० ना ५त ८४८२ नम्बरको चालक इच्छाकामना गाउँपालिका ७ का ३१ ब्र्षिय रामलाल तामाङ ,५०ना ७ त ६२९८ नम्बरको चालक कालिका नगरपालिका ३ का २१ बर्षिय सरोज चौधरी र ६०ना ३ त ५०११ नम्बरको चालक कालिका नगरपालिका २ का २८ बर्षिय श्यामकुमार गुरौलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समिति चितवन मार्फत प्रति ट्याक्टर रु १००० (दश हजार) जरिवाना तिराई छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।