Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दशैको बेला देवघाटका अग्नि पिडित गुरुङलाई २९ हजार रुपैयाँ आर्थिक सहयोग

दशैको बेला देवघाटका अग्नि पिडित गुरुङलाई २९ हजार रुपैयाँ आर्थिक सहयोग

आशिक राना

१०, कार्तिक २०७७
दशैको बेला देवघाटका अग्नि पिडित गुरुङलाई २९ हजार रुपैयाँ आर्थिक सहयोग
images

देवघाट, १० कार्तिक
दशैको बेला देवघाटका ६६ वर्षीय अग्नि पिडित पदम गुरुङलाई सहयोगी मनहरुले स्वदेश तथा विदेशबाट पठाएको २९ हजार ४२ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। पिडित गुरुङलाई उक्त रकम एक कार्यक्रमका बिच आईतबार हस्तान्तरण गरिएको हो।
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ नाल्बुङ्ग वस्तीमा गत वर्ष २०७६ साल माघ २६ गते आगोलागी भै ६६  बर्षिय वृद्ध पदम गुरुङको खुशी लुटिएको थियो। घामपानी छेक्ने सानो खरको झुपडी थियो त्यो पनि क्षणभरमै खरानी भएको थियो। त्यतिखेर आगोलागीले  उहाँको घर पुर्ण रूपमा नष्ट भएको थियो। 

images
images

122688459_1038632743226414_8465646016141599761_n.jpg
६६ वर्षीय गुरुङको आर्थिक अवस्था एकदम कमजोर भएको बताउदै आँखा भरि आशुका ढिक्काहरु लिएर आफ्नो पिडाहरु उहाँले हाम्रो माझ यसरी व्यक्त गर्नुभएको थियो, “बेलुकीको खाना बसालेर नजिकै बाख्रा गोठमा बाख्राहरुलाई घास दिएर फर्कदै गर्दा धुरीबाट एक्कासि धुवाँ जस्तो निस्किएको थियो। त्यसको केही समयमै आगोको मुस्लो बल्न थाल्यो र हेर्दा हेर्दै क्षण भरमै आफू बस्ने घामपानी छेक्ने सानो खरको झुपडी घर माटोमा खरानी भयो।“ पुर्णरुपमा आगोलागीले नष्ट भएको ती घरका तस्वीरहरु देवघाटका पत्रकार आशिक रानाले सामाजिक संजालमा पोष्ट गरेका थिए। त्यस लगतै देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार समेत रहेका स्थानीय पत्रकार रानाको पहलमा आर्थिक संकलन अभियान सुरु गरि तत्काल २० हजार नगद सहित खाद्यान्न सामग्री विभिन्न संघ संस्थाबाट संकलन गरी पहिलो पटक अग्नि पीडित पदम बहादुर गुरुङलाई गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाबाट  हस्तान्तरण गरिएको थियो। 
त्यसैगरि अहिले दोस्रो पटक  पिडित पदम बहादुर गुरुङको लागि स्थाई घर काठमाडौं र हाल जापानमा रहनु भएका खुशी दाहाल र समीर दाहाल (कृष्ण)ले २० हजार ४२ रुपैयाँ र हाल  दक्षिण कोरिया रहनु भएका दिपेन्द्र गिरिले ५ हजार रुपैयाँ, साउदी अरबबाट दिल थापाले २५ सय रुपैयाँ र पोखरा बाट हिरा थापाले १५ सय रुपैयाँ गरी २९ हजार ४२ रुपैयाँ आर्थिक संकलन गरि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाको हातबाट पिडित गुरुङलाई हस्तान्तरण गरीएको छ। 
सो आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा देवघाट ३ नम्बर वडाका वडा सदस्य मनमाया बि.क., देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोसन श्रेष्ठ, कालिका आधारभुत विद्यालयका प्रअ तुल बहादुर गुरुङ र समाजसेवी युवा गंगासिङ्ग बि.क. लगायतको उपस्थिति रहेकोे थियोे।

images
प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - ०९:२६:४९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology