Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज बडा दशैंः टिकाको साईत १०ः१९ मा

आज बडा दशैंः टिकाको साईत १०ः१९ मा

इच्छाकामना न्युज

१०, कार्तिक २०७७
आज बडा दशैंः टिकाको साईत १०ः१९ मा
images

काठमाडौं, १० कात्तिक। हिन्दु नेपालीहरुको महान चाड बडा दसैंको आज मुख्य दिन हो । आज नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जन गरी मान्यजनका हातबाट नवदुर्गा माता भवानीको प्रसादस्वरुप टीका लगाउने धार्मिक प्रचलन छ ।

images
images

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विर्सजनको साइत आज विहान १० बजेर ११ मिनेट रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ ।

टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने मानिस पश्चिम तर्फ फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका थाप्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

निश्चित समयमा टीकाको साइत तोकिए पनि विजयादशमीका दिन दिनभर टीका लगाउन कुनै बाधा नरहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

देशका धेरैजसो स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिने परम्परा रहिआएको छ ।

आज अर्थात विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद स्वरुप टीका लगाउने धार्मिक परम्परा हो ।

आज टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजे रहेको छ । खड्गयात्रासमेत आजकै दिन गरिन्छ ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - ०९:०५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology