Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बिराटनगरको विराट शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि कुटपिट

बिराटनगरको विराट शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि कुटपिट

बिराटनगरको विराट शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि कुटपिट
images

विराटनगर, ४ जेठ । विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो ।

images
images

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड–१९ फोकल पर्शन सुनील देवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले आक्रमण गरेको जनाए । स्वास्थ्यकर्मीहरूको अवस्था सामान्य रहेको डीएसपी राईले बताए ।

बूढीगंगा गाउँपालिका-२ की गोमादेवी श्रेष्ठ सोमबार राति अस्पतालमा भर्ना भएकी थिइन् । उनी सुगर प्रेसरकी बिरामी थिइन् । उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै कुटपिट गरेको पाइएको डीएसपी राईले बताए।

प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बिरामीका नातीहरू अनिष श्रेष्ठ र निशल श्रेष्ठ रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १६:१९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology