Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आईपीएल क्रिकेटमा कोलकत्ताको पहिलो जित, आज राजस्थान र पञ्जाबबीच खेल हुने

आईपीएल क्रिकेटमा कोलकत्ताको पहिलो जित, आज राजस्थान र पञ्जाबबीच खेल हुने

इच्छाकामना न्युज

१३, आश्विन २०७७
आईपीएल क्रिकेटमा कोलकत्ताको पहिलो जित, आज राजस्थान र पञ्जाबबीच खेल हुने

कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो। शेखजायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो। कोलकत्ताको जितमा शुभमनगिलले अविजित रहदै ७० रन बनाउनुभयो। यस्तै इयानमोर्गनले अविजित ४२ रन बनाउँदा नितिस रानाले २६ रन बनाउनुभयो। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। हैदराबादका लागि मनिस पाण्डेले ५१ रन बनाउँदा, कप्तान डेभिडवार्नरले ३६ रन बनाउनुभयो। जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ र अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ। लगातार दुई खेल हारेको हैदराबाद अंक तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज, राजस्थान रोयल्स् र किङ्स इलेवेन पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ।

images

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १०:११:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology