चितवन, ६ कार्तिक
चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ।
तनहुँ शुक्लगण्डकी नगरपालिका घरभई हाल मकवानपुर हेटौडा ५ बस्ने ३३ बर्षिय महिलाको आज विहान ६ः१५ बजे ज्यान गएको हो।
गत असोज ३० गते कोरोना संक्रमण सहित खोकी र स्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना हुनुभएको महिलालाई सोही दिन कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उहाँ ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी पौडेलले बताउनुभयो।