कुरिनटार, २८ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका एक जना महिलाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। कोरोना भाईरसको नयाँ भेरियन्टका कारण गएराति महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका ३ नर्सिङटारका ४९ बर्षीया महिला रहेको चितवन मेडिकल कलेज भरतपुरले जानकारी दिएको छ। केही दिन देखि सिकिस्त बिरामी भएर भेन्टिलेटरमा उपचाररत महिलाको हिजो बिहान कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आएको थियो।
उनको भेन्टिलेटरमा राखेरै उपचार गराइरहदा सोमबार साँझ ज्यान गएको हो।