Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिदलखनका नागरिकले बैँक मार्फत लिए सामाजिक सुरक्षा भत्ता 

शहिदलखनका नागरिकले बैँक मार्फत लिए सामाजिक सुरक्षा भत्ता 

इच्छाकामना न्युज

५, कार्तिक २०७७
शहिदलखनका नागरिकले बैँक मार्फत लिए सामाजिक सुरक्षा भत्ता 
images

शहिदलखन, ५ कार्तिक
गोरखाको शहिदलखन गाउँपालिकामा बैँक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
गाउँपालिका भित्र रहेका ९ वटै वडाका असहाय, जेष्ठ नागरिक लगायतका सामाजिक सुरक्षा रकम लिन योग्य नागरिकहरुले बैँकबाट सामाजिक सुरक्षा भत्ता लिएका हुन।
गाउँपालिकाको वडा न‌‍म्वर १ २ ३ ४ का नागरिकहरुले ग्लोवल आइएमइ बैँक र ५ ६ ७ ८ ९ का नागरिकहरुले प्राइम कमर्सियल बैँकबाट पहिलो चौमासिकको रकम लिएका हुन्।  यस अघि सामाजिक सुरक्षा समितिले पालिकालाइ सामाजिक सुरक्षा रकम बैँक मार्फत भुक्तानी गर्न आग्रह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले बताउनुभयो।

images
images

वडा नम्वर ६ को अघिल्लो आर्थिक वर्ष देखिनै बै‌ँक मार्फत भुक्तानी सुरु भएको थियो। पालिका भित्र रहेका रहेका झण्डै तीन हजार ६०० नागरिकहरुले सामाजिक सुरक्षा रकम लिएको एम. आइ. एस. अपरेटर सोम आले मगरले बताउनुभयो।

बैँकबाट रकम लिँन पाउँदा आफूलाइ खुशी लागेको शहीद लखन १ की ७४ वर्षिय जुनकिरि परियारले बताउनुभयो। सामाजिक सुरक्षा कार्यक्रममा सहभागि अधिकाँश नागरिकहरुले जीवनमै पहिलो पटक बैँङ्किक कारोवार गरेको बताएका छन्। वडा कार्यालयबाट पट्टा लिएर गएपछि आफूले खाता खोलिएको बै‌ँकबाट चेक मार्फत भुक्तानी लिन सक्ने व्यवस्था रहेको बैँकले जनाएका छन।

अधिकाँश नागरीकहरुले दशैँ अघि नै सामाजिक सुरक्षा रकम लिएका छन्। केही नागरिकहरुको भने नेपाल सरकारको नयाँ अख्तियारका कारण खाता सञ्चालन प्रक्रियामा रहेकोले छिट्टै बैँकसँगको कारोवार हुने र रकम भुक्तानी गरिने कारोवारमा सम्लग्न दुइवटै बै‌कहरुले जनाएका छन्।

 

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ०८:४७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology