आँबुखैरेनी, ५ कार्तिक
तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक जना २२ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा आँबुखैरेनी– १ की महिलमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यसैगरि देवघाट गाउँपालिकाको एक वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। देवघाट–८ की ७७ वर्षिय वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
