Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिद लखन बुंकोटको स्वास्थ्य चौकी र विद्यालयलाई सहयोग

शहिद लखन बुंकोटको स्वास्थ्य चौकी र विद्यालयलाई सहयोग

पत्रपत्रिका

५, कार्तिक २०७७
शहिद लखन बुंकोटको स्वास्थ्य चौकी र विद्यालयलाई सहयोग
images

गोरखा, ५ कार्तिक । गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोटको स्वास्थ्य चौकी र विद्यालयका लागि देशका बिभिन्न ठाउँ र कामका शिलसिलामा बिदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरेका छन् ।

images
images

स्थानीय निरोज थापाले जापनबाट एक लाख ३३ हजार, शहिदलखन ८ का अर्जुन भण्डारीले अमेरीकाबाट ११ हजार, स्थानीय किरणबाबु श्रेष्ठले ३० हजार, गोपालबाबु श्रेष्ठले काठमाण्डौँबाट ११ हजार आर्थिक सहयोग गरेका छन् ।

नबराज श्रेष्ठले नर्बेबाट १० हजार, किरण श्रेष्ठको समन्वयमा पोखराबाट १० हजार, विष्णु थापा मगरले अमेरीकाबाट १० हजार नगद सहयोग गरेका वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
यी रकम बुङ्कोट स्वास्थ्य चौकीको ल्याब ब्यवस्थापनका लागि माईक्रोस्कोप खरिदमा धेरै खर्च हुनेछ ।

केही रकम शहिद स्मृती माध्यामिक विद्यालयमा शैक्षिक सामग्री ब्यवस्थापनमा खर्च गर्ने गरी दाताले सहयोग गरेका वडा अध्यक्ष श्रेष्ठले बताए । माईक्रोस्कोप दशैँ लगत्तै खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने तयारी छ ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ०७:५७:१६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology