बुटवल, ४ कार्तिक
बुटवलमा उपचाररत कोरोना संक्रमित महिलाको ज्यान गएको छ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान ५ बजेर १० मिनेटमा ज्यान गएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो।
सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो। ती महिलामा सुगरको पनि समस्या थियो।