Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्ततः गोरखाको प्रसिद्ध मनकामना माइको मन्दिर पनि बैशाख महिनाभर बन्द हुने

अन्ततः गोरखाको प्रसिद्ध मनकामना माइको मन्दिर पनि बैशाख महिनाभर बन्द हुने

इच्छाकामना न्युज

७, बैशाख २०७८
अन्ततः गोरखाको प्रसिद्ध मनकामना माइको मन्दिर पनि बैशाख महिनाभर बन्द हुने
images

गोरखा, ७ वैशाख । गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार सूचना प्रकाशित गरी मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर लगायत जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ ।

images
images

‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निणर्य भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निणर्य भएको छ ।’

कोभिड १९ विपद व्यवस्थापन समिति गोरखाले महोत्सव, जात्रा, पर्व, बिबाह, ब्रतवन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने निणर्य गरेको छ ।

साथै बैठकले सवारी साधनमा मास्क अनिबार्य लगाउनु पर्ने, सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निणर्य गरेको छ । होटल, रेष्टुरेण्ट पनि दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई प्रवेश गर्न नपाइने लगायतका निणर्य गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - २२:११:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology