Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना र आसपासका क्षेत्रहरुमा विद्युत् सेवा अझै अवरुद्ध, मर्मत सम्भार पछि आज साँझ देखि सुचारु हुन सक्ने

इच्छाकामना र आसपासका क्षेत्रहरुमा विद्युत् सेवा अझै अवरुद्ध, मर्मत सम्भार पछि आज साँझ देखि सुचारु हुन सक्ने

इच्छाकामना न्युज

६, बैशाख २०७८
इच्छाकामना र आसपासका क्षेत्रहरुमा विद्युत् सेवा अझै अवरुद्ध, मर्मत सम्भार पछि आज साँझ देखि सुचारु हुन सक्ने

कुरिनटार, ६ बैशाख । चितवनको इच्छाकामना र आसपासका क्षेत्रमा अझै विद्युत् अवरुद्ध भएको छ। शनिबार साँझ आएको भिषण हावाहुरीको कारण अवरुद्ध बनेको विद्युत् सेवा मर्मत पछि आज साँझ देखि मात्र सुचारु हुने देखिन्छ।

images

शनिबारको साँझको भीषण हावाहुरीले १० वटा पोल ढाल्नुका साथै तार छिनाएकाले विद्युत सेवा अवरुद्ध भएको मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार साँझदेखि चितवनको इच्छाकामनाका मुग्लिनदेखि फिस्लिङ सम्म र आसपासका क्षेत्रहरु गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाका केही स्थानहरुमा विद्युत सेवा अवरुद्ध भएको छ ।

आज साँझ सम्ममा मात्र पोल तार, सेवाग्राहीहरुहरुको घरका तार लगायतका विद्युतीय सामाग्रीहरुको मर्मत कार्य सम्पन्न भई  विद्युत सेवा सञ्चालनमा आउने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - ११:०५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology