Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने 

भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने 

इच्छाकामना न्युज

५, बैशाख २०७८
भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने 
images

चितवन, ५ बैशाख । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ ।

images
images

यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो ।

उहाँले यस वर्ष कोरोना सङ्क्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन पनि सबैलाई आग्रह गर्नुभयो । वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - ०८:५७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology