Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चनौटे देखि तल्लो ढुङ्ग्रेसम्म बिजुली पुग्यो, चण्डिभञ्ज्याङबासीले देखेको एक दशक अघिको सपना पुरा 

चनौटे देखि तल्लो ढुङ्ग्रेसम्म बिजुली पुग्यो, चण्डिभञ्ज्याङबासीले देखेको एक दशक अघिको सपना पुरा 

चित्र बहादुर गुरुङ

४, बैशाख २०७८
चनौटे देखि तल्लो ढुङ्ग्रेसम्म बिजुली पुग्यो, चण्डिभञ्ज्याङबासीले देखेको एक दशक अघिको सपना पुरा 
images

चण्डिभञ्ज्याङ, ४ वैशाख । चितवनको जिल्लाको साविक पहाडी गाविस चण्डि भञ्ज्याङको केन्द्र ढुङ्ग्रेमा पहिलो पटक बिजुली बत्ती पुगेको छ। यो सँगै झण्डै एक दशक अघि चण्डिभञ्ज्याङबासीले देखेको बिजुली बाल्ने सपना बल्ल आज पुरा भएको छ। 

images
images

हाल इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने चनौटे देखि मस्राङ, बेसडाँडा, थामडाँडा, ढाला, पाङ्गडे, सोरबेस्ना, ढुङ्ग्रे लगायतका गाउँहरुमा आजदेखि बिजुली पुगेको हो। ढाला गाउँमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि चितवन क्षेत्र नं. २ का संघिय सांसद कृष्णभक्त पोखरेल र गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ संयुक्त रुपमा स्विच थिचि ६ वटा वल्व बालेर बिजुलीको उद्घाटन गरेको हो।

IMG_1713.jpg

बिजुली समुद्घाटन भएसँगै स्थानीयहरुमा खुशीयाली छाएको छ । कार्यक्रममा खुशी व्यक्त गर्दै नेकपा एमालेका इच्छाकामना इन्चार्ज दान बहादुर गुरुङले एक दशक अघि आफुहरुले देखेको सपना पुरा भएको बताए। गुरुङ तात्कालिन समयदेखि चण्डिभञ्ज्याङमा विजुली पु¥याउन सक्रिय रहेका स्थानीय नेताहरु मध्य एक हुन्। 

चण्डिभञ्ज्याङबासीले वि.सं. २०६५ सालमा तात्कालिन गाविस हुदाँ ताका ढुङ्ग्रेसम्म बिजुली पु¥याउने भनी प्रयास थालेका थिए। उक्त समयमा मस्र्याङदी बहुद्देश्यीय सहकारी संस्था मुग्लिनसँगको ८०–२० साझेदारीमा सामुदायिक विद्युतीकरण कार्यक्रम मार्फत चण्डिभञ्ज्याङमा बिजुली पु¥याउने सहमती भएको थियो। सोहि बमोजिम विभिन्न चरणहरु पार गर्दै झण्डै १२ वर्षपछि चण्डिभञ्ज्याङमा बिजुली पु¥याउन सफल भएको छ। 

Screenshot (153).png

भौगोलीक कठिनाईका साथै बिभिन्न समस्याहरुका बाबजुत पनि गाउँमा बिजुली आएपछि अब धेरै सहजता मिल्ने ढाला गाउँका स्थानीय युवा लोक बहादुर गुरुङले बताए। खुशी हुदै उनले भने ‘अब हामी पनि टुकी र सोलारको मधुरोमा हैन बिजुलीको उज्यालोमा बस्न पाउने भएका छौ’।

Screenshot (154).png

यस्तै बिजुली आएसँगै अब सामान्य मोबाईलको चार्ज गर्न पनि घण्टौ हिडेर अर्काको गाउँमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको ढुङ्ग्रे गाउँका स्थानीय दिल कुमार गुरुङले बताए। उनले भने ‘अब कम्तिमा पनि गाउँका नानीबाबुहरुको पढाईमा सजिलो हुनुका साथै गाउँलेको दैनिकीमा पनि सहज हुनेछ’। यतिमात्र नभै प्रविधिको जमानामा आवश्यकता अनुसारका आधुनिक प्रविधिहरुको गाउँमा सजिलै प्रयोग गर्न सकिने उनले बताए। 

Screenshot (155).png

समुद्घाटन कार्यक्रममा मन्तव्य राख्दै चण्डिभञ्ज्याङ विद्युत् उपभोक्ता समितिका सचिव बिरु गुरुङले चण्डिभञ्ज्याङमा विद्युत् ल्याउनका लागि स्थानीयले निकै संघर्ष गर्नुपरेको बताए। उनले विद्युत् ल्याउने क्रममा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद पनि व्यक्त गरे।

यसैगरी बिजुली समुद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै चितवन क्षेत्र नं. २ का संघिय सांसद कृष्णभक्त पोखरेलले आफुले सधैं चण्डिभञ्ज्याङको विकासका लागि चिन्ता गरेर काम गरिरहेको बताए। उनले आफुले भोटको राजनिति नगरि विकासले पछि परेको चण्डिभञ्ज्याङको चौतर्फि विकासको लागि सुरुवात देखि नै लागपरिरहेको बताए।

Screenshot (156).png

सम्बोन्धन कै क्रममा सांसद पोखरेलले आज बिजुलीको समुद्घाटन गरेर आफुले चुनाव अघि चण्डिभञ्ज्याङवासीको सामु गरेको एउटा वाचा पुरा गरेको बताए। उनले चण्डिभञ्ज्याङको विकासका लागि अझै लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे।

यस्तै देशमा संघियता आएपछि स्थानीय सरकार आएपछि इच्छाकामनाले मुहार फेरेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताए। उनले आफुले यो कुरा गर्वका साथ भन्ने गरेको बताए। ‘सदियौ देखि नआएको बिजुली आज हामीले ल्यायौ यो हाम्रो लागि गर्वको कुरा हो, चण्डिभञ्ज्याङको लागि खुशीको कुरा हो, इच्छाकामनाको लागि गर्वको कुरा हो’ –उनले भने।

Screenshot (152).png

सम्बोन्धन कै क्रममा अध्यक्ष गुरुङले गाउँमा बिजुली आउनु खुशीको कुरा भएपनि भोली बिजुलीको महशुल तिर्न नसक्ने अवस्था सिर्जना भयो भने त्यो भन्दा दुःखको कुरा अरु नहुने भन्दै बिजुलीलाई अब स्थानीयले आयआर्जनमा जोड्नुपर्ने बताए। यसका लागि गाउँपालिकाले के गर्नुपर्छ सहयोग गर्न तयार रहेको उनले बताए।

सहकारीका अध्यक्ष तेज बहादुर शेरचनको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा नेपाली कांग्रेस इच्छाकामनाका सचिव तुल बहादुर गुरुङ, माओवादी केन्द्रका इन्चार्ज प्रताप गुरुङ एमालेका अध्यक्ष कृष्ण सिलवाल लगायतहरुको उपस्थिति रहेको थियो। 

images
प्रकाशित मिति :बैशाख ४, २०७८ शनिवार - २२:११:४५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology