चितवन, २९ चैत्र ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ रामपुर चौकी नजिक म्याजिक भ्यान र्दुघटना हुदाँ २ जनाको ज्यान गएको छ ।
भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परि म्याजिकमा सवार कास्की जिल्ला रुपा गाउपालिका १ बस्ने बर्ष ४५ को सुर्य खाती र चितवन जिल्ला भरतपुर महानगरपालिका ४ बस्ने बर्ष ५० को राजेन्द्र दमाईको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइते हुनेमा लम्जुङको दोर्जि गा.पा.३ बस्ने वर्ष ३१ का विनोद गुरुङ र रसुवा कालिका गा.पा. २ बस्ने वर्ष १९ का प्रदिप घिमिरेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यस्तै म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने बर्ष ३५ का रमेश थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुबै खुट्टा भांचिएका थापाको अवस्था गम्भिर रहेको छ ।
त्यसैगरि भरतपुर–६ बस्ने बर्ष ४७ की शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने बर्ष ४८ की कुमारी बि।क, भरतपुर–१९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ र भरतपुर–१९ रामपुर बस्ने बर्ष २४ का अनुप लामाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।