Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

जलविरे–चण्डिभञ्ज्याङ्ग ग्रामिण कृषि सडक झण्डै ४ महिनापछि सूचारु

जलविरे–चण्डिभञ्ज्याङ्ग ग्रामिण कृषि सडक झण्डै ४ महिनापछि सूचारु

गाउँपालिका भित्रका अवरुद्ध सबै ग्रामिण सडकहरु दशैं अघि नै सूचारु गराउछौंः अध्यक्ष गुरुङ

चित्र बहादुर गुरुङ

१, कार्तिक २०७७
जलविरे–चण्डिभञ्ज्याङ्ग ग्रामिण कृषि सडक झण्डै ४ महिनापछि सूचारु

चण्डिभञ्ज्याङ, १ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने जलविरे–चण्डिभञ्ज्याङ्ग ग्रामिण कृषि सडक सुचारु भएको छ। वर्षाका कारण पहिरो गएर ४ महिनादेखि अवरुद्ध रहेको उक्त सडक करिब ३ हप्ताको प्रयास पछि आजदेखि सुचारु भएको हो। 
ग्रामिण कृषि सडक भएका कारण वर्षायाममा ठाउँ ठाउँमा पहिरो जाने र अवरुद्ध हुने गर्दछ। लामो समय देखि उक्त सडक अवरुद्ध हुदा याकराङ, चनौटे, मस्राङ, ढाला, पाङ्गडे, ढुङ्ग्रे लगायतका स्थानीयहरुलाई आवत जावत गर्न कठिन भएको थियो।

images

121685045_1289032868116852_7131863896724290702_o (1).jpg
इच्छाकामना गाउँपालिकाको पहलमा अवरुद्ध भएका कृषि सडक दशैं अगाडी नै सञ्चालनमा ल्याइएपछि स्थानीयलाई सहज भएको स्थानीय शिक्षक विश्वनाथ गुरुङ फोन सम्पर्कमा बताउनुभयो। ‘अब आवश्यक सामाग्री ढुवानीमा सजिलो हुने भएको छ’ –उहाँले भन्नुभयो।
यस्तै इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले वर्षायाममा अवरुद्ध भएका सबै ग्रामिण सडकहरुको पहिरो पन्छाई यातायात सूचारु गराउन गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो। ‘गाउँपालिकाका ग्रामिण भेगका सबै अवरुद्ध सडकहरु दशैं अघि नै सुचारु गराउनका लागि धमाधम काम भैरहेको छ’ –उहाँले भन्नुभयो।

तस्विरः विश्वनाथ गुरुङको फेसबुकबाट

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १९:१८:२५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology