चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका चारवटा आधारभूत विद्यालयमा अध्ययनरत ४५० जना चेपाङ बालबालिकालाई स्कुल ब्याग र ट्र्याकसुट वितरण गरिएको छ। अस्मिता पोखरेल भट्टराई र सुनिल श्रेष्ठको सहयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको उपस्थिति र सहजीकरणमा उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रास्वपा महाधिवेशन प्रतिनिधि ध्रुव केसी, भरतपुर महानगर सभापति सीता ज्ञवाली, उपसभापति दिवाकर राज श्रेष्ठ, प्रदेश सदस्य राधिका तिमिल्सिना, भरतपुर महानगर सदस्यहरू भरत घिमिरे, उषा शर्मा जोशी र गीता रायमाझी तथा इच्छाकामना गाउँपालिका सभापति जितबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो। विद्यालयमा अध्ययनरत चेपाङ बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।