Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु

राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु

images

इच्छाकामना न्युज

८, कार्तिक २०८३
राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु
images

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार आज बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा।प्र। ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बा।प्र।०१–०३२ च ३६१८ नम्बरको कारमा सवार ४० वर्षीया कुसुम शाही, १६ वर्षीय शुभम शाही र कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । घाइते चालक नरेन्द्रबहादुरको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ भने कुसुम र शुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अर्को कार बा।प्र। ०१–०३० च ८४९६ मा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सोही कारका चालक घोराही–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्ग १०ः१५ बजे देखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८३ शनिवार - १६:३९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology