शनिबारदेखि पाँच जना तालिमप्राप्त प्रहरी र दुईवटा कुकुरसहितको टोलीले सीमा नाकामा चेकजाँच सुरु गरेको हो।
सशस्त्र प्रहरी बलले असोज २७ गते भीमदत्त नगरपालिका–११ स्थित सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकी परिसरमा स्क्वाड स्थापना गरेको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमान्डमा रहेको टोलीले सीमा नाकामा निगरानी तथा सुरक्षा जाँच गर्नेछ।
स्क्वाडमा ल्याब्राडोर जातको ‘अल्फा’ नामक पोथी र जर्मन शेफर्ड जातको ‘डेल्टा’ नामक भाले कुकुर छन्। तालिमप्राप्त कुकुरको सहायताले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा सामग्रीको जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सशस्त्र प्रहरीको अपेक्षा रहेकाे छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले तालिमप्राप्त कुकुरसहितको टोली परिचालनले सीमा नाकाको सुरक्षा जाँच प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयाे।
चेकजाँच कार्यको उद्घाटन कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणि गिरी, सीमा सुरक्षा गुल्म गड्डाचौकीका गुल्मपतिलगायत सुरक्षा अधिकारी तथा भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाको उपस्थिति थियो।