Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

दसैँमा पनि अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा पनि अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
दसैँमा पनि अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
images

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ ।

मन्त्रालयले आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचार सेवा अवरुद्ध हुन नदिन पर्याप्त स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्था गर्न आग्रह गरेको हो ।

त्यस्तै, आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मौज्दात राख्न मन्त्रालयले निर्देशन दिएको छ । बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र कुनै पनि अवस्थामा अत्यावश्यक सेवा अवरुद्ध हुन नदिनसमेत भनिएको छ ।

सेवा प्रवाहमा देखिने समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न अस्पतालहरूले सम्पर्क व्यक्ति तोकी नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयमा पठाउनुपर्नेछ ।

मन्त्रालयले उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन र अनुगमन गरी दसैँ बिदाभर नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

 

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - ११:५९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology