Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आज कांग्रेस सभापतिको जिम्मेवारी सम्हाल्दै गगन थापा

आज कांग्रेस सभापतिको जिम्मेवारी सम्हाल्दै गगन थापा

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
आज कांग्रेस सभापतिको जिम्मेवारी सम्हाल्दै गगन थापा
images

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हाल्दै हुनुहुन्छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहाली कार्यक्रम आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गर्नुभएकाे सूचनाअनुसार महाधिवेशनको मतगणना सम्पन्न भएपछि पदबहाली कार्यक्रम तय गरिएको हो।

सभापति थापाबाहेक अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम भने दसैँपछि हुने जनाइएको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - ११:५०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology